समानुपातिक तर्फ नेकपा एमाले बन्यो पहिलो पार्टी , रास्वपा चौँथो पार्टी बन्न सफल

Yangle News
Yangle News
२०७९ मंसिर २० गते
समानुपातिक तर्फ नेकपा एमाले बन्यो पहिलो पार्टी , रास्वपा चौँथो पार्टी बन्न सफल

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार मंगलबार १ करोड ५ लाख २३ हजार ७१३ मत गणना हुँदा नेकपा एमालेले २८ लाख ३१ हजार २७६ मत ल्याएर पहिलो स्थान कायम गरेको हो।  यस सँगै नेकपा एमाले पहिलो पार्टी बनेको छ ।

नेपाली कांग्रेसले २७ लाख ४ हजार ४२७ मत ल्याएर दोस्रो स्थानमा रहेको छ। यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ११ लाख ७० हजार २६२ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २७ हजार ११३ मत ल्याएर चौंथो स्थान कायम रेहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८७ हजार ८५५, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ५५, जनमत पार्टीले ३ लाख ९४ हजार ५९९ मत पाएका छन्।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले २ लाख ९७ हजार ८४३, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७०६, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १ लाख ६७ हजार ३४० मत ल्याएका छन्।

हाल‍सम्मको सार्वजनिक मतगणनामा एकीकृत समाजवादी र लोसपा समेत राष्ट्रिय पार्टी बन्न सकेका छैनन्।

403 views