एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

Yangle News
Yangle News
२०८३ अशोज २१ गते
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट

काठमाडौं। एनसेलका ग्राहकहरूले ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवामा विशेष छुट र ‘बाइ वान गेट वान’ अफर पाउने भएका छन्। एनसेल र ट्रान्क्विलिटी स्पाबीच भएको साझेदारीअन्तर्गत ग्राहकलाई यस्तो सुविधा उपलब्ध गराइएको हो।

साझेदारीअनुसार, रु. ४९९ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक वा पोस्टपेड प्लान खरिद गर्ने ग्राहकले सिग्नेचर मसाज, बडी स्क्रब, शिरोधारा र प्रिमियम केयर फेसियलमा ‘बाइ वान गेट वान’ अफर पाउनेछन्। अर्थात्, दुई जनाले एक जनाको मूल्यमा उक्त सेवा लिन सक्नेछन्।

त्यसैगरी, एक्लै सेवा लिने ग्राहकले स्पा सेवामा २५ प्रतिशत र ब्युटी सेवामा २० प्रतिशत छुट पाउनेछन्। यी सुविधा नेपाली नागरिकका लागि मात्र उपलब्ध हुने एनसेलले जनाएको छ।

रु. ९९ देखि रु. ४९९ भन्दा कम मूल्यका प्याक वा प्लान प्रयोग गर्ने ग्राहकले पनि छुट पाउनेछन्। युवा तथा अन्य ग्राहकले स्पा सेवामा २० प्रतिशत र पर्यटकले १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

अफर लिन ग्राहकले एनसेल एप खोली ‘पार्टनर्ड सर्भिस’मा गएर ट्रान्क्विलिटी स्पा छनोट गरी आधिकारिक आउटलेटमा अफर रिडिम गर्न सक्नेछन्। ग्राहकले खरिद गरेको प्याक वा प्लानका आधारमा एपमा उपलब्ध लाभ देखाइने एनसेलले जनाएको छ।

एनसेलका प्रोडक्ट्स डाइरेक्टर ललित शारडा र ट्रान्क्विलिटी स्पाका चिफ अपरेटिङ अफिसर रनिल फैजुले हालै एक कार्यक्रमबीच साझेदारी सम्झौता आदानप्रदान गरेका थिए।

एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले साझेदारीले ग्राहकका लागि थप मूल्य र वेलनेससम्बन्धी सुविधा उपलब्ध गराउने उद्देश्य राखेको बताउनुभयो।

एनसेलले आफ्नो पार्टनर इकोसिस्टम विस्तार गर्दै ग्राहकलाई थप सेवा, सुविधा र लाभ उपलब्ध गराउने निरन्तर प्रयासअन्तर्गत ट्रान्क्विलिटी स्पासँग सहकार्य गरिएको जनाएको छ।

Yangle News