सन् २०२० मा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो ।
सन् २०२० को जुन १४ मा बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा उनी मृत भेटिएका थिए । त्यसयता उनको मृत्युको मुद्दा अनुसन्धानकै क्रममा छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले यस घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । उनका फ्यानहरु न्यायको माग गरिरहेका छन् ।
आफूलाई कुपर अस्पतालको शवगृह वार्डमा काम गर्ने बताउने रुपकुमार शाह नामका व्यक्तिले केही आश्चर्यजनक दाबी गरेपछि यो घटनाले फेरि एकपटक सबैको ध्यान तानेको छ ।
शाहले भनेका थिए अभिनेता राजपुतको शरीरमा धेरै चोट लागेको र घाँटीमा दुईदेखि तीन वटा निशान रहेको बताएका थिए । उनले भारतीय सञ्चार माध्यम ईटाइम्ससँग बोल्दै जब मैले पहिलो पटक सुशान्तको शव देखे, मैले तुरुन्तै आफ्ना सिनियरहरूलाई बताए कि यो आत्महत्या होइन, तर हत्या हो भनेर। तर शहालाई जतिसक्दो चाँडो शवको फोटो खिच्न र शव प्रहरीलाई जिम्मा लगाउन भनिएको थियो ।कुपर त्यो अस्पताल हो जहाँ अभिनेता राजपुतको पोष्टमार्टम गरिएको थियो।
अभिनेता राजपूतको परिवारको प्रतिनिधित्व गर्ने वकिल विकास सिंहले पनि यसबारे टिप्पणी गरेका छन् ।
ईटाइम्ससँगको कुराकानीमा वकिल विकास सिंहले सुशान्त सिंह राजपुतको चोटको बारेमा कुनै प्रत्यक्ष जानकारी नरहेको बताए । उनले भने, ‘दिदीबहिनीले मलाई यसबारे केही नबताएकाले म यस विषयमा टिप्पणी गर्न सक्दिनँ । तर म भन्छु कि सुशान्त सिंह राजपुतको मृत्यु साधारण आत्महत्या थिएन किनभने यसको पछाडि षडयन्त्र थियो। र केवल सीबीआईले मात्र उनको मृत्युको पछाडिको षडयन्त्रको पर्दाफास गर्न सक्षम हुनेछ।
यसअघि सुशान्त सिंह राजपुतकी बहिनी श्वेता सिंह कीर्तिले पनि रूपकुमार शाहको दाबीमाथि टिप्पणी गरेकी थिइन् । उनले आफ्नो दाबीमा कुनै सत्यता भए छानबिन हुनुपर्ने बताएकी छन् ।
तर अस्पताल वा सीबीआईका अधिकारीहरूले यस विषयमा कुनै टिप्पणी गरेका छैनन्।