सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज स्पोर्ट्स क्लब र पाथिभरा फुटबल क्लब भिड्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार खेल तालिका सार्वजिनक गरेको हो । सहभागी क्लबहरुका प्रतिनिधिबीच गोला प्रथामार्फत खेलतालिका सार्वजनिक गरिएको हो । खेल मंसिर ४ गतेबाट सुरु हुनेछ ।
उक्त दिन दोश्रो खेलमा हामी दाजुभाइ फुटबल क्लब र लिखु भुजु फुटबल क्लब पनि भिड्नेछन् । यो खेल अपरान्ह १२ बजेबाट सुरु हुनेछ । ३ बजेबाट हुने तेश्रो खेलमा दुधौली फुटबल क्लब र द भक्तपुर एफसी प्रतिस्पर्धा गर्नेछन् ।
मंसिर २८ गतेसम्म चल्ने प्रतियोगितामा हरेक दिन तीन खेल हुनेछन् । लिगमा कुल ५१ खेल हुनेछन् । सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने भएको छ ।
सहभागी ३९ टोलीलाई १३ समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहको शीर्ष स्थानमा रहने टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । यीमध्ये समूह ‘सी’को विजेता सोझै क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । गोलाप्रथामा समूह ‘सी’ भाग्यशाली रहँदा यो अवसर जुरेको हो ।
नकआउट अन्तिममा चार टोली अन्तिम चारमा प्रवेश गर्ने सेटअप छ । सेमिफाइनल विजेता टोली आगामी ‘सी’ डिभिजन लिगका लागि छनोट हुनेछन् ।
खेल तालिका :