श्रम संस्कृति पार्टीनै रास्वपा पछिको राजनीतिक विकल्प : ध्रुवराज राई

Yangle News
Yangle News
२०८३ भदौ २१ गते
श्रम संस्कृति पार्टीनै रास्वपा पछिको राजनीतिक विकल्प : ध्रुवराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद धु्वराज राइले आफ्नो दललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिन थालेको बताउनुभएको छ ।

आइतबार बागमती प्रदेशसभाद्वारा आयोजित बृहत पार्टी प्रवेश तथा हातेमालो कार्यक्रमलाइ सम्बोधन गर्नुहुँदै सांसद राईले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै आफ्नो दलप्रति जनताको आकर्षण बढिरहेको दाबी गर्नुभयो । सांसद राईले पछिल्लो समय विभिन्न क्षेत्रबाट पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको बताउँनुहुँदै पार्टीले जनताको अपेक्षा र भावना बुझेर अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

सांसद राईले पुराना राजनीतिक दलप्रति जनतामा बढ्दै गएको असन्तुष्टिलाई सम्बोधन गर्दै देशको समृद्दि, सुशासन र परिवर्तनका लागि नयाँ राजनीतिक शक्तिहरूले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा विभिन्न दल तथा समूह परित्याग गरी नयाँ सदस्यहरू पार्टीमा प्रवेश गरेका थिए।