काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारको नेतृत्वमा जान सुझाव दिएका छन् ।
शनिबार बिहाननै सामाजिक सञ्जाल फेसबुक मार्फत साम्पाङले वर्तमान नेतृत्व सरकारबाट सुशासन र विकास सम्भव नहुने बताएका हुन् । जनताको जनजीविकाको सवालमा ग्यासको आतंकलाई समेत सम्वोधन गर्न नसकेकाले सरकार असफल भएको उनको ठहर छ ।
उनले भनेका छन् , ” एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन अरु त उइ ..”