नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि तीन वटा जहाज खरिद गर्ने भएको छ ।
यसका लागि निगमले सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधिर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको छ। निगमले दुर्गम क्षेत्रमा उडान संख्या बढाउने भन्दै साना जहाज खरिद गर्न लागेको बताएको छ।
अहिले निगमका दुइवटा जहाजले आन्तरिकतर्फ उडान भरिरहेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय उडानमा भने चारवटा जहाज छन् ।
नयाँ खरिद गरिने जहाजहरू निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रूपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको निगमले जनाएको छ।