‘वास्तविक सुकुम्वासीलाई प्रक्रिया पुर्‍याएर जग्गा वितरण हुन्छ’

Yangle News
Yangle News
२०८३ बैशाख ११ गते
‘वास्तविक सुकुम्वासीलाई प्रक्रिया पुर्‍याएर जग्गा वितरण हुन्छ’

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह ले काठमाडौं उपत्यकाका नदी किनारमा बसोवास गर्दै आएकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । वर्षौंदेखि दोहोरिँदै आएको बाढीको जोखिम र मानवीय संकटलाई ध्यानमा राख्दै अब स्थायी समाधानतर्फ सरकार अघि बढ्न लागेको प्रधानमन्त्री शाहको भनाइ छ ।

हरेक वर्ष बाढीका कारण नदी किनारका हजारौं मानिसले ज्यान जोगाउन भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै उनले यस्तो जोखिमपूर्ण बसोवासलाई निरन्तरता दिनु उचित नहुने सामाजिक सञ्जालमा लेखेका छन् । शाहले सुकुम्वासी व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको र वास्तविक सुकुम्वासीलाई प्रक्रिया पुर्‍याएर जग्गा वितरण गरिने बताएका छन् ।

सरकारले भोलि र पर्सि थापाथली क्षेत्रको नदी अतिक्रमित बस्ती हटाउने तयारी गरेको छ ।