जाजरकोटमा फेरि भूकम्प !

Yangle News
Yangle News
२०८० कार्तिक २० गते
जाजरकोटमा फेरि भूकम्प !

जाजरकोटमा  फेरि भूकम्प गएको छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको हो । भूकम्पले केहि मानिस घाइत भएको र घरहरु भत्किएको बताइएको छ ।

शुक्रबार गएको भूकम्पमा परेका मानिसहरुको उद्धार र राहत जारी रहेका बेला पुन: भूकम्प गएपछि मानिसहरुमा त्रास फैलिएको छ ।

भूकम्पको धक्का दुई पटक महसुस भएको स्थानीय बताउँछन् ।

भूकम्पपछि जाजरकोटका मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ गएका छन् ।

यसअघि शुक्रबार रामीडाँडा नै केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निुच्युडको भूकम्पमा परी १ सय ५३ जनाको ज्यान गएको थियो भने ३ सय ३८ जना घाइते भएका थिए ।