वार्तामा बस्न अमेरिकी धम्की बाधक : इरान

Yangle News
Yangle News
२०८३ बैशाख १० गते
वार्तामा बस्न अमेरिकी धम्की बाधक : इरान

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग वार्ता गर्ने कुरा स्वागतयोग्य रहेको तर धम्कीले यसमा बाधा पुर्‍याइरहेको बताएका छन् । पाकिस्तानमा अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता हुने चर्चा चलिरहेका बेला इरानी राष्ट्रपतिको प्रतिक्रिया आएको हो ।

राष्ट्रपति पेजेस्कियानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘इरानले वार्ता र सम्झौताको स्वागत गर्छ र आगामी दिनमा पनि गरिरहनेछ । वाचा तोड्नु, नाकाबन्दी र धम्की वार्ताका लागि प्रमुख बाधा हुन् ।’ उनले अगाडि लेखेका छन्, ‘विश्वले तपाईंको (अमेरिकाको) कहिल्यै अन्त्य नहुने दोहोरो बोली, दाबी र कामबीच भिन्नता देखिरहेको छ ।’

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसम्म इरानसँग पाकिस्तानमा दोस्रो चरणको वार्ता सुरु हुने सम्भावना रहेको बताएका छन् ।