मन्त्रिपरिषद विस्तार, म्याग्दीका गर्बुजा राज्यमन्त्री नियुक्त

Yangle News
Yangle News
२०८२ बैशाख १७ गते
मन्त्रिपरिषद विस्तार, म्याग्दीका गर्बुजा राज्यमन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बिस्तार गरेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका छन् । उनी म्यादीबाट निर्वाचित सांसद् हुन् ।

यसअघि कांग्रेसबाटै ऊर्जा राज्यमन्त्री रहेका कान्छाराम तामाङलाई वैशाख १० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका थिए । रिक्त पदमा कांग्रेसको सिफारिसमा गर्बुजालाइ नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयको विज्ञप्ति :

Yangle News

97 views