इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । उनलाई बुधबार रिहा गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी गराएका छन् ।
इरानस्थित कन्सुलरसँग समन्वयपछि रिहाइ भएको उनको भनाइ छ । उनको रिहाइबारे परिवारलाई समेत जानकारी गराइएको छ । मन्त्री खनालका अनुसार, झा अहिले इरानको केश्म आइल्याण्ड (समुन्द्री टापु)मा सुरक्षित छन् ।
झा इजरायल-अमेरिका र इरानबीच तनाव सुरु हुनुअघि इन्धन लिन इरान पुगेका थिए । दुबईस्थित ‘ब्ल्याक सी मरिन एलएलसी’ कम्पनीको जहाजमा क्याप्टेनका रूपमा कार्यरत उनी तेल लिएर फर्किने क्रममा नियन्त्रणमा परेका थिए ।
झा दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । उनी चैत पहिलो साता होर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुल्युसनरी गार्डको नियन्त्रणमा परेका थिए ।