४ सय मिटर हडल्समा जयरानीको नयाँ राष्ट्रिय कीर्तिमान

Yangle News
Yangle News
२०७९ अशोज ३० गते
४ सय मिटर हडल्समा जयरानीको नयाँ राष्ट्रिय कीर्तिमान

त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४ सय मिटर हडल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगाशालामा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फको दोस्रो दिन जयरानीले कीर्तिमान बनाएकी हुन् ।

जयरानीले आफ्नै कीर्तिमान भंग गर्दै १ मिनेट ०४ः१३ सेकेन्ड (ह्यान्ड टाइमिङ) को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । झण्डै ४ महिनामा नै उनले आफ्नो कीर्तिमान भंग गरेकी हुन् । काठमाडौंमा असारमा उनले १ मिनेट ०७.२ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

महिला ४ सय मिटर हडल्समा एपएफकी भागरतीकुमारी थारु १ मिनेट ०६.०६ सेकेन्डका साथ रजत र एपिएफ कल्पना श्रेष्ठ १ मिनेट ०६.५१ कास्य पदक जितेकी छिन् । भागरतीले यसअघिको जयरानीको यसअघिको कीर्तिमान भन्दा समयमा सुधार गरेकी छिन् ।

294 views