नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल सरकारका माननीय अर्थमन्त्री विष्णु पौडेलबीच आज भेटवार्ता भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा उक्त भेटघाट भएको हो । भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेको पार्टी सचिवालयले जनाएको छ ।
हिजो सोमबारको संसद् बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबिचको भेट र हाउभाउलाई लिएर यतिबेला निकै चर्चा भइरहेको छ ।
नेपाली कांग्रेससँग सत्तासाझेदारी गरिरहेको एमालेको माओवादीसँगको भेटघाट र सम्पर्कलाई गठबन्धनमा सम्भाव्य खटपटको रुपमा पनि हेरिएको छ ।