‘मिरमिरे’को छायांकन सम्पन्न

Yangle News
Yangle News
२०८२ साउन २९ गते
‘मिरमिरे’को छायांकन सम्पन्न

चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्रको छायांकन ३५ दिनमा सकिएको हो ।

काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन गरिएको निर्देशक यम शेर्पाले जानकारी दिए । उनका अनुसार अब एउटा गीतको छायांकन मात्र बाँकी छ ।

‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । चलचित्रमा दयाहाङसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकार मुख्य भूमिकामा छन् । ‘मिरमिरे’को कथा पनि यम स्वयंले लेखेका छन् । चलचित्रको छायांकन आलोक शुक्लाले गरेका हुन् ।