एनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख नगद

Yangle News
Yangle News
२०८२ बैशाख १२ गते
एनएसएल तेस्रो संस्करणको विजेतालाई ८० लाख नगद

नेपाल सुपर लिग (एनएसएल)-२०२६ को विजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)का निर्देशक श्रेयांश कार्कीले एनएसएलको विजेताले ८० लाख रुपैयाँ पुरस्कार पाउने जानकारी दिएका हुन् । उनका अनुसार, उपविजेता टिमले भने ३० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

अघिल्लो सिजन विजेतालाई ७० र उपविजेतालाई २० लाख रुपैयाँ पुरस्कार दिइएको थियो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, वेष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, इमर्जिङ प्लेअर र इनर्जेटिक प्लेअर अफ दि सिजन अवार्ड प्रदान गरिने निर्देशक कार्कीले बताए ।

तेस्रो संस्करणको एनएसएलको उपाधिका लागि साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्दैछन् । उपाधिका भिडन्त शनिबार साँझ ६ बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ ।

Yangle News