आयल निगमलाई १५ दिनमा करिब ८ अर्ब घाटा

Yangle News
Yangle News
२०८२ चैत्र ३० गते
आयल निगमलाई १५ दिनमा करिब ८ अर्ब घाटा

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको भन्दै निगमले त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले वास्तविक अवस्था सार्वजनिक गरेको पनि जनाएको छ ।

निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट मार्च ३१ मा प्राप्त मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासको खरिद लागत उच्च रहेको छ । तर, स्वदेशमा बिक्री मूल्य तुलनात्मक रूपमा कम भएकाले ठूलो घाटा व्यहोर्नु परेको निगमले जनाएको छ ।

विवरणअनुसार, हाल पेट्रोलमा प्रतिलिटर करिब २.३२ रुपैयाँभन्दा बढी घाटा रहेको छ भने डिजेलमा प्रतिलिटर ८८ रुपैयाँ घाटा रहेको छ । मट्टितेलमा ३६.७० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँभन्दा बढी घाटा रहेको उल्लेख गरिएको छ ।

निगमले १५ दिनको अवधिमा पेट्रोल, डिजेल र एलपी ग्यास बिक्रीबाट सात अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोर्नु परिरहेको जनाएको छ ।

विज्ञप्ति :

Yangle News