टोयोटाको ईभी ‘जीएसी एवोन भी’मा आधारित

Yangle News
Yangle News
२०८१ चैत्र २४ गते
टोयोटाको ईभी ‘जीएसी एवोन भी’मा आधारित

टोयोटाले आफ्नो तेस्रो इलेक्ट्रिक सवारीको रूपमा बीजेडथ्रीएक्स (bZ3X) एसयूभी केही समयआगाडि चीनमा सार्वजनिक गरेको छ ।

उक्त नयाँ मोडल चीनको जीएसी ग्रुप र टोयोटा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरको संयुक्त लगानीमा विकास गरिएको हो । यद्यपि, टोयोटाको ब्रान्ड रहेको भए पनि bZ3X विशेष गरी GAC Aion V मा आधारित छ। यसमा उही साइज, मोटर, र ड्राइभट्रेन प्रयोग गरिएको छ । यसको ब्याट्री प्रविधि भने फरक छ ।

फाइभ डोर र फाइभ सिटर रहेको यस ईभीको लम्बाइ: ४,६०० मिमि, चौडाइ १,८५० मिमि, उचाइ १,६०० मिमि, ह्वीलबेस २,७६५ मिमि छ । टोयोटाले दाबीअनुसार, bZ3X मा प्रयोग भएका ६५% पार्ट्स GAC सप्लायर्सबाट आपूर्ति गरिएको हो । चीनमै उत्पादित यो गाडी टोयोटा र GAC को संयुक्त परियोजनामा बनेको हो । यो गाडीको बिक्री सुरु भएलगत्तै एक घण्टामै १० हजारभन्दा बढी अर्डर प्राप्त भएको र त्यसकै कारण टोयोटाको सर्भर क्र्यास समेत भएको जानकारी गराइएको छ ।

नेपालको सन्दर्भमा GAC Aion ब्रान्डको आधिकारिक वितरक CG मोटर्स रहेको छ । यसअन्तर्गत Aion Y र Aion V जस्ता विभिन्न इलेक्ट्रिक गाडी उपलब्ध छन् । नेपालमा एसयूभी गाडीप्रतिको माग बढ्दो भएकाले CG मोटर्सले Aion V दुई महिनाअघि नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

Aion V को विशेषता – लम्बाइ ४,६०५ मिमि, चौडाइ १,८५४ मिमि, उचाइ १,६६० मिमि, ग्राउन्ड क्लियरेन्स १८५ मिमि, ह्वील साइज १९ इन्चको मल्टि-स्पोक एल्युमिनियम ह्वील, गाडीको भित्री डिजाइन लक्जरी अनुभव दिने किसिमको छ । अगाडिका सिटहरूमा लेदर सामग्री प्रयोग गरिएको छ, जसमा तातो र चिसो दुवै गर्न सकिने सुविधा छ । लक्जरी भेरियन्टमा स्मार्ट रेफ्रिजरेटर र फुड वार्मरको सुविधा समेत दिइएको छ ।

प्यानोरामिक ग्लास रूफले गाडीको केबिनलाई खुला र आनन्ददायी बनाउँछ । सुरक्षाका हिसाबले यसमा सात एयरब्याग उपलब्ध छन् । Aion V को सुरुआती मूल्य ६४.९९ लाख रुपैयाँदेखि राखिएको छ ।

210 views