प्रधानमन्त्री बालेन शाहद्वारा सपथ ग्रहण

Yangle News
Yangle News
२०८२ चैत्र १३ गते
प्रधानमन्त्री बालेन शाहद्वारा सपथ ग्रहण

नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई दिउँसो १२ बजेर ३४ मिनेटमा सपथ गराएका हुन् ।

शाह आजै प्रधानमन्त्रीमा नियुक्त भएका थिए । राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहलाई हिजो पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित थिए । समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित थिए ।

Yangle News

प्रधानमन्त्रीको शपथ पहिलो पटक वैदिक-सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शंखबाट शंखनादसँगै १०८ जना वटुकले स्वस्तिशान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ-मंगल पाठ गरेका थिए ।

त्यस्तै, नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनीयताको सपथ लिएका छन् । शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १४ जना मन्त्रीलाई शपथ गराएका हुन् । शाह नेतृत्वको सरकारमा ५ जना महिला मन्त्री बनेका छन् ।

मन्त्रिपरिषद :

Yangle News