गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले बताएका छन् ।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बन्दा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु र चारसयभन्दा बढी घाइते भएका छन्।
घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । त्यसअघि उनले पार्टी बैठकमा पनि आफू नैतिकताका आधारमा पदमा नबस्ने जानकारी गराएका थिए ।