नवौं राष्ट्रिय खेलकुदको उदघाटन आज पोखरामा हुँदै

Yangle News
Yangle News
२०७९ अशोज २८ गते
नवौं राष्ट्रिय खेलकुदको उदघाटन आज पोखरामा हुँदै

गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुँदैछ ।

सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गैरआवासीय नेपाली संघ (एनआरएन) गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले आज अपरान्ह ४ पोखरा रंगशालामा प्रतियोगिता उद्घाटन गर्ने भएका छन्।

११ टोलीका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा विजयी खेलाडी र खेलाडीका टिमले ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदक हात पार्ने छन् ।

नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेलहरुमध्ये २६ वटा खेल पोखराको घरेलु मैदानमा नै हुने छन् । अन्य खेल तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङ जिल्लामा हुने छन् ।

गण्डकी प्रदेशका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायत कारणले लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल नहुने भएको छ ।

293 views