यी हुन् राष्ट्रिय सभामा निर्वाचित १८ सांसद

Yangle News
Yangle News
२०८२ माघ ११ गते
यी हुन् राष्ट्रिय सभामा निर्वाचित १८ सांसद
राष्ट्रियसभा बैठक । (फाइल तस्बिर)

निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त रहेका सदस्य पदहरू पूर्ति गर्न सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार तोकिएको निर्वाचन प्रक्रियामार्फत राष्ट्रिय सभाका लागि आवश्यक सदस्य चयन गरिएको हो ।

राष्ट्रिय सभामा रिक्त रहेका १८ पदका लागि आज निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएसँगै मतगणना र सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी आयोगले अन्तिम परिणाम सार्वजनिक गरेको जनाएको छ । निर्वाचन आयोगले परिणाम सार्वजनिक भएसँगै निर्वाचित उम्मेदवारहरूको विवरण सम्बन्धित निकायहरूमा पठाउने र आगामी प्रक्रिया संविधान तथा प्रचलित कानुनअनुसार अघि बढाइने स्पष्ट पारेको छ ।

आगामी फागुन ११ बाट रिक्त हुने राष्ट्रिय सभाका १९ मध्ये १७ सांसदका लागि निर्वाचन भएको हो । कोशी प्रदेशमा खसआर्यतर्फको एउटा पदमा कांग्रेसका सुनील थापा निर्विरोध भइसकेका थिए । एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको   छ ।

बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म भएको मतदानमा ९५.६८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

नतिजा :

Yangle News

Yangle News

Yangle News