तेस्रो उपराष्ट्रपतिका लागि भोलि निर्वाचन , सबै तयारी पूरा

Yangle News
Yangle News
२०७९ चैत्र २ गते
तेस्रो उपराष्ट्रपतिका लागि भोलि निर्वाचन , सबै तयारी पूरा

उपराष्ट्रपति पदका लागि भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा हुने उपराष्ट्रपतिको निर्वाचनको तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

संसद भवनको ल्होत्से हलमा २ वटा मतपेटिकाको व्यवस्था गरिएको छ भने मतदान केन्द्र निर्माण, मतपत्रको तयारी लगायत सम्पूर्ण तयारी पूरा भएको कार्यालयले जानकारी दिएको छ ।

नेपालको तेस्रो उपराष्ट्रपतिको निर्वाचनमा तीन जना उम्मेदवार प्रतिष्पर्धामा छन् । सत्ता गठबन्धन दलबाट २ जनाको उम्मेद्वारी परेको छ भने प्रतिपक्षी दलबाट एकजनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनमा सहभागी ८ दलका साझा उम्मेद्वार रामसहायप्रसाद यादव छन् ।

  Yangle News

रामसहायप्रसाद यादव

यसअघि यावदसँगै उम्मेद्वारी घोषणा गरेकी जनाता समाजवादी पार्टीकी प्रमिला कुमारी यादवले विज्ञप्ति जारी गरी उम्मेद्वारी फिर्ता लिएको बताउँदै रामसहायलाई समर्थन गर्ने जनाएकी छिन् । गठबन्धनमै रहेको जनमत पार्टीबाट ममता झा पनि उम्मेद्वार रहेकी छिन् । झा को पक्षमा नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यगत सहकार्य गर्ने जनाएका छन् ।

Yangle News

ममता झा

प्रतिपक्षी नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य चुनावी प्रतिस्पर्धामा रहेकी छिन् ।

Yangle News

अष्टलक्ष्मी शाक्य

मतदान बिहान १० बजेदेखि सुरु हुने छ ।  साँझ ७ बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यालयको तयारी छ । निर्वाचनमा संघीय संसद (प्रतिनिधि र राष्ट्रियसभा) का ३३२ र प्रदेशसभाका ५५० सांसदले मतदान गर्ने छन् ।

450 views