एमाले विधान महाधिवेशन : कर्ण थापाको ३२ पृष्ठ लामो फरक मत (पूर्णपाठ)

Yangle News
Yangle News
२०८२ भदौ १९ गते
एमाले विधान महाधिवेशन : कर्ण थापाको ३२ पृष्ठ लामो फरक मत (पूर्णपाठ)

नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले आज दिउँसो दर्ता गराएको ३२ पृष्ठ लामो फरक मतबारे भोलिदेखि हुने विधान अधिवेशनमा छलफल हुने भएको छ ।

बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्वीकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको हो । योसँगै उनको फरक मतबारे छलफल हुने निश्चित भएको हो ।

पार्टीका निर्णयहरू, घटनाक्रम, जनताको बहुदलीय जनवाद रक्षाका कुराहरू मैले आफ्नो मतका रूपमा दर्ता गराएको उनले बताएका छन् । पार्टी विधान संशोधन मस्यौदाबाट हटाइएको ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधानबारे पनि उनले छलफलको माग गरेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यतालाई नवीकरण नगरिएको विषयबारे उनले आफ्नो फरक मतमा राखेका छन् ।

पूर्णपाठ :