प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ १६५ मध्ये १६१ क्षेत्रमा मतगणना भइरहेको छ । यसमध्ये ४६ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३५ क्षेत्रमा विजयी भएको छ । नेपाली कांग्रेसले ६, एमालेले २, नेकपाले २ तथा स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा जित हासिल गरेका छन् । मतगणना भैरहेका ठाउँमा रास्वपाकै उम्मेदवाहरु अगाडि छन् ।
रास्वपा
१. गोविन्द पन्थी – गुल्मी २ बाट एमालेका गोकर्ण विष्टभन्दा ५६१ मत बढी ल्याएर विजयी भएका छन् । । पन्थीले १६ हजार ९६७ मत ल्याउँदा विष्टले १६ हजार ४०६ मत ल्याए ।
२. सुशीलकुमार कानु – पर्सा २ बाट ३० हजार ७४० मत ल्याएर विजयी हुँदा कांग्रेसका अजयकुमार चौरसियाले ११ हजार ८९० मत ल्याए ।
३. अचुत्तम लामिछाने – नुवाकोट २ बाट ३२ हजार ५४ मत ल्याएर विजयी हुँदा कांग्रेसका जगदिश्वर नरसिंह केसीले १५ हजार ५०३ मत ल्याए ।
४. रहबर अन्सारी – बारा ४ बाट ४१ हजार २०० मत ल्याएर विजयी हुँदा एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत ल्याए ।
५. कोमल ज्ञवाली – कैलाली १ बाट १७ हजार ८२६ मत ल्याएर विजयी हुँदा कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत ल्याए ।
६. सुशील खड्का – बागलुङ १ बाट २० हजार ९२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका भीमबहादुर श्रीसले ११ हजार ९४४ मत ल्याए ।
७. सोम शर्मा – बागलुङ २ बाट १२ हजार ६४७ मत ल्याएर विजयी हुँदा कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याए ।
८. बुद्धरत्न महर्जन – ललितपुर १ बाट २३ हजार ३७३ मत ल्याएर विजयी हुँदा कांग्रेसका उदय शमशेर राणाले १३ हजार ५२० मत ल्याए ।
९. डा. लेखजंग थापा – रुपन्देही ३ बाट ५८ हजार ८१४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिष्पर्धी कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ र एमालेका बासुदेव घिमिरेले ८ हजार २७५ मत ल्याए ।
१०. सुलभ खरेल – रुपन्देही २ बाट ५६ हजार ५५० मत ल्याएर विजयी हुँदा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत ल्याए ।
११. बुद्धिप्रसाद पन्त – पर्सा १ बाट २७ हजार २७४ मत ल्याएर विजयी हुँदा एमालेका प्रदिप यादवले १३ हजार ३० मत ल्याए ।
१२. सागर भुसाल – पर्वतबाट २६ हजार ५६१ मत ल्याएर विजयी भएका छन् । । कांग्रेसका अर्जुनप्रसाद जोशीको १५ हजार ९५४ र एमालेका पदम गिरीको १५ हजार ७५ मत आएको छ ।
१३. अरबिन्द साह – बारा ३ बाट ४० हजार ६९७ मत ल्याएर विजयी हुँदा कांग्रेसका फरमुल्लाह मंसुरले १० हजार ५२ मत ल्याए ।
१४. रवि लामिछाने – चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी हुनुभएको हो । उनका निकटतम् प्रतिष्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ र एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत ल्याए ।
१५. रुकेश रन्जित – भक्तपुर १ बाट ३३ हजार ४३६ मत ल्याएर विजयी हुँदा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत ल्याए ।
१६. सुनिल केसी – काठमाण्डौ २ बाट ३४ हजार २३८ मत ल्याएर विजयी भएका छन् । उहाँका प्रतिष्पर्धी कांग्रेसका कविर शर्माले ८ हजार ८७४ मत ल्याए ।
१७. प्रमोद कुमार महतो – महोत्तरी १ बाट ३४ हजार ६३६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत ल्याए ।
१८. धनञ्जय रेग्मी – स्याङ्जा १ बाट २९ हजार ७१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत ल्याए ।
१९. सुरेशकुमार चौधरी – बाँके १ बाट ५२ हजार ७९२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका नारायणप्रसाद गौडेलले १५ हजार ३०१ मत ल्याए ।
२०. खगेन्द्र सुनार – बाँके ३ बाट २९ हजार ५५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटमत् प्रतिष्पर्धी एमालेका सुमन मल्लले १९ हजार ६१५ मत ल्याए ।
२१. कन्हैया बनिया- रुपन्देही ४ बाट २८ हजार ६६ मत ल्याएर विजयी भएका छन् । प्रतिष्पर्धी एमालेका प्रमोदकुमार यादवको २० हजार २६२ मत आएको छ ।
२२. रुविना आचार्य- मोरङ ६ मा विजयी हुँदा कांग्रेसका डा. शेखर कोइराला पराजित भएका छन् । आचार्यले ५५ हजार ५१३ मत ल्याउँदा कोइरालाले १२ हजार ८५० मतमात्रै ल्याएका छन् ।
२३. डीपी अर्याल- काठमाण्डौ ९ मा ३५ हजार ९३ मत ल्याएर विजयी भएका छन् । कांग्रेसकी नानुमाया बास्तोलाले ५ हजार ४६० मत ल्याए ।
२४. मनिष झा- धनुषा ३ मा विजयी हुँदा कांग्रेसका विमलेन्द्र निधि पराजित भएका छन् । झाले ४३ हजार १४२ र निधिले १५ हजार ९९२ मत ल्याए ।
२५. सन्तोष राजवंशी- मोरङ ४ मा विजयी हुँदा कांग्रेसका गुरुराज घिमिरे पराजित भए । राजवंशीले ४० हजार ८३३ मत ल्याउँदा घिमिरेले १२ हजार ८१८ मत ल्याए ।
२६. बिना गुरुङ – कास्की ३ मा विजयी हुँदा कांग्रेसका मनोज गुरुङ पराजित भए । बिनाले ३७ हजार ७५० मत ल्याउँदा मनोजले १२ हजार ७८० मत ल्याए ।
२७. प्रदीप बिष्ट – काठमाण्डौ १०मा विजयी हुँदा कांग्रेसका हिमाल कार्की पराजित भएका छन् । बिष्टले ३७ हजार ४६९ र कार्कीले ८ हजार १०० मत ल्याए ।
२८. उत्तम प्रसाद पौडेल – कास्की २ मा विजयी हुँदा एमालेका रश्मि आचार्य पराजित भए । पौडेलले ३१ हजार ९११ र आचार्यले ७ हजार ४९३ मत ल्याए ।
२९. सस्मित पोखरेल – काठमाण्डौ ५ मा विजयी हुँदा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेल पराजित भए । पोखरेलले ३० हजार ७३७ मत ल्याउँदा पौडेलले ९ हजार १५९ र पोखरेलले ४ हजार ७०१ मतल्याए ।
३१. पुकार बम – काठमाण्डौ ४ मा विजयी हुँदा कांग्रेसका सचिन तिमल्सिेना र एमालेका राजन भट्टराई पराजित भए । पुकारले २९ हजार २४२, सचिनले ८ हजार ८२४ र भट्टराईले ५ हजार ७३३ मत ल्याए ।
३२. गणेश पराजुली – काठमाण्डौ ७ मा २७ हजार ८०५ मत ल्याएर विजयी भएका छन् ।
३३. राजुनाथ पाण्डे- काठमाडौ ३ मा विजयी हुँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भए । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत र घिसिङले ११ हजार १७१ मत ल्याए ।
३४. विराजभक्त श्रेष्ठ- काठमाण्डौ ८ बाट विजयी भएका छन् । । उनले २४ हजार ५९२ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सुमन सायमीले ३ हजार २१७ मत ल्याए ।
३५. शिशिर खनाल- काठमाण्डौ ६ बाट विजयी भएका छन् । । खनालले २७ हजार ७१९ र उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत पाए ।
३६. रञ्जु न्यौपाने (दर्शना)- काठमाण्डौ १ बाट १५ हजार ४ सय ५५ मतसहित विजयी भइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे ।
कांग्रेस
१. भरतबहादुर खड्का – डोटीबाट १४ हजार ८९७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका दीपकबहादुर धामीले १४ हजार ११०, रास्वपाका नरेन्द्र खड्काले १३ हजार २७० र नेकपाका त्रिलोचन भट्टले पाँच हजार ४१३ मत प्राप्त गरे ।
२. तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा ११ हजार ५६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी एमालेका भानुभक्त ढकालले १० हजार ६८२ मत ल्याए ।
३. दैलेख १ मा बासना थापा १२ हजार ३७२ मत ल्याएर विजयी भएका छन् । । निकटम प्रतिष्पर्धी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मत ल्याए ।
४. रसुवा १ मा मोहन आचार्य १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । । निकटम प्रतिष्पर्धी रास्वपाका बसन्त भट्टले ५ हजार ५७१ मतल्याए ।
५. मुस्ताङबाट योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याएर विजयी भएका छन् । । प्रतिस्पर्धी एमालेका ईन्द्रधार विष्टले एक हजार ८०३ मत प्राप्त गरे ।
६. मनाङबाट टेकबहादुर गुरुङ २ हजार ४१५ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी नेकपाकी यशोदा गुरुङ (सुवेदी)ले ४५४ मत ल्याए ।
एमाले
१. बझाङबाट ऐनबहादुर महर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई दुई हजार २३९ मतान्तरले पछि पार्दै महर विजयी भएका हुन् । महरले १८ हजार ५४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी रसाइलीले १६ हजार ३०४ मत प्राप्त गरे । त्यस्तै रास्वपाका शैलेशकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् ।
२. बाँके २ बाट मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत ल्याएर विजयी भएका छन् । प्रतिष्पर्धी रास्वपाका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए ।
नेकपा
१. कालिकोटबाट महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएका छन् । । प्रतिष्पर्धी एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत ल्याए ।
२. रुकुमपूर्वबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । उनले १० हजार २४० र एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरे ।
स्वतन्त्र
१. म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन् । उनले २२ हजार ८५० मत ल्याएर विजयी हुँदा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत ल्याए ।