मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने निर्णय स्वीकृत गरेको हो ।
टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा तथा सिञ्चाइमन्त्री शक्ति बहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महत र उद्योगमन्त्री रमेश रिजाल लगायत रहने छन् ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ १७ गते भारत भ्रमणमा जाने र २० गते स्वदेश फर्किने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । आज दिउसो बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्विकृत गरेको हो ।