बुवाको मुख हेर्ने दिन अर्थात कुशे औशीकाे अवसर पारेर दीपक खनालले ‘सत्य’ नामक गीत सार्वजनिक गरेका छन् । गीतमा संसारकै सबैभन्दा ठूला अभिभावक मान्यजन एवं प्रिय व्यक्तिलाई गुमाउनु पर्दाको दुखद घटनाको वर्णन गरिएकाे छ । साहित्यकार केशरीको शब्दमा रहेकाे गीतमा खनालले स्वर दिएका छन् ।
सरकारी सेवामा रहेका खनालको बालापन देखिकै गीत सङ्गीतमा आघात रुचि रहेकोले त्यसको प्रस्फुटन गरेको बताए । गजल शैलीमा रचिएको यस गीतमा भरत बस्नेतले संगीत भरेका छन् । ‘संसारका अरू सबै चिजहरु यथावत छन् तर मुख्य अभिभावक नहुँदा सबै शून्य भएको यथार्थता गीतमा छ । बुवा नहुदाँको क्षणको कल्पना गीतमा छ’ खनालले भने ।
मृत्यु सास्वत ,सत्य र निराकार छ, यसलाई टार्न सकिन्न संसारका सबै प्रिय पितृहरूको मृत आत्माको शान्तिका लागि याे गीत समर्पण गरिएकाे गायक खनालले बताए ।