नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोईरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी आयोजना गरेको छ । कांग्रेस केन्द्रीय सुचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरिएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको फोटो प्रदर्शनीको प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, बाबुराम भट्टराई लगायतका नेताले अवलोकन गरेका थिए ।
कार्यक्रममा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला लगायतका नेताले बोलेका थिए । त्यसैगरी समुन्नतिको दोस्रो जग भन्ने शीर्षकमा पनि छलफल राखिएको थियो ।