विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्ला बाहिरिएसँगै सेयर बजारमा उछाल

Yangle News
Yangle News
२०७९ पुस ११ गते
विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्ला बाहिरिएसँगै  सेयर बजारमा उछाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन्।

उनले आजै अपराह्न चारबजे प्रधानमन्त्री प्रचण्डँगै शपथ लिने भएका छन्। पौडेल एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी हुँदैछन्।

पौडेल अर्थमन्त्री बन्ने हल्ला बाहिरिएसँगै सेयर बजारमा उछाल आएको छ। दिउँसो १ः१८ बजेसम्म नै नेप्से ४०.६८ अंकले बढेको छ भने कारोबार रकम १ अर्ब माथि पुगिसकेको छ।

नेपाल स्टक एक्सचेन्जमा २०४ कम्पनीको सेयर बढ्दा ३ वटाको मात्रै घटेको छ। हालसम्म तीनवटा कम्पनीको सेयरमा सर्किट ब्रेक लागेको छ भने ३ बजेसम्म यो संख्या अझै बढ्नसक्नेछ।

अहिलेसम्म १ अर्ब २४ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

आज दोहोरो अंकको वृद्धिसँगै सूचक १९०७.८९ विन्दुमा पुगिसकेको छ।

363 views