ग्लोबल आइएमई समुन्नत योजना–२ म्यूचुअल फण्डको बिक्री बन्द

Yangle News
Yangle News
२०८२ असार २७ गते
ग्लोबल आइएमई समुन्नत योजना–२ म्यूचुअल फण्डको बिक्री बन्द

ग्लोबल आइएमई बैंक र ग्लोबल आइमई क्यापिटल लिमिटेडले सर्वसाधारण तथा संघसंस्थाका लागि खुला गरेको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को आवेदन आजबाट बन्द भएको छ ।

माग गरिएको भन्दाबढी आवेदन परेपछि बैंकले आज एक सूचना जारी गरी २०८२ असार २७ गते बैंकिङ्ग समय पश्चात् सो इकाई खरीदका लागि आवेदन लिने कार्य बन्द गरिने जानकारीको गराएको हो ।

यहि असार २२ गते प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ दरले म्युचुअल फण्डका लागि आवेदन माग गरिएको थियो । जसमा म्युचुअल फण्डको १२ करोड इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने छ करोड इकाई निर्धारण गरिएको थियो ।

त्यसमध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटललाई अठार लाख र कोष प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंक लि. लाई एक करोड बैसठ्ठी लाख इकाई छुट्याइएको थियो ।

बाँकी रहेको दश करोड बीस लाख बीज पूँजीको रुपमा सो इकार्ईहरु आइतबारदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।