पशुपति क्षेत्र विकास कोषका एक सयबढी सल्लाहकार खारेज

Yangle News
Yangle News
२०८० पुस ४ गते
पशुपति क्षेत्र विकास कोषका एक सयबढी सल्लाहकार खारेज

 

पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका सल्लाहकारहरु खारेज गरिएको छ । बुधबार बसेको कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको सचिवालयले जनाएको छ ।

बैठकले विभिन्न समयमा नियुक्त गरिएका पशुपति क्षेत्र विकास कोषका सल्लाहकारहरु खारेज गर्ने निर्णय गरेको बताइएको छ । राजसंस्थाको पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका एक सय बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको सचिवालयले जनाएको हो ।

परिषद् बैठकले पशुपति क्षेत्र परिषद्‍मा मदिरा बिक्री–वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ ।  बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने समेत निर्णय गरेको छ ।

 

318 views