नेपाल वायुसेवा निगमले जहाज थप्न अध्ययन थालेको छ । सञ्चालक समितिको निर्णय अनुसार निगमका उपमहाप्रवन्धक जनक कालाखेतीको संयोजकत्वमा गठित अध्ययन समितिले काम सुरु गरेको छ ।
अध्ययन कमिटीले अन्तर्राष्ट्रिय तर्फ दुईवटा एयरबसको न्यारोबडी , आन्तरिक तर्फ स्टलका लागि तीनवटा ट्विनअटर र ट्रंक रुटका लागि दुईवटा एटीआर जहाज ल्याउन अध्ययन गरिरहेको निगमका एक कर्मचारीले जानकारी दिए । समितिले गरेको अधययन पुनः संचालक समितिमा पेश गरेपछि पर्यटन मन्त्रालयबाट प्रक्रिया सुरु हुने बताइएको छ।
अन्तर्राष्ट्रिय उडानका लागि थप्ने योजनमा रहेको दुईवटा न्यारोबडी जहाज ल्याएपछि मलेसिया, दिल्ली, दुवई, दोहा, बैंग्लोर लगायत गन्तब्यमा निगमको उडान संख्या विस्तार गर्ने योजना रहेको छ । ड्राइ लिजमा जहाज ल्याउने गरि निगमले प्रकिया अगाडि बढाउने तयारि गरेको छ।
स्टल रुटका लागि तीनवटा ट्विनअटर जहाज खरीद गर्ने योजना बनाएको निगमले सुगम गन्तब्यका लागि दुईवटा एटीआर-७२ सिरिजको जहाज ल्याउने योजना बनाएको छ ।