मतदानकै दिन बेलुकादेखि मतगणना सुरु गर्ने योजना

Yangle News
Yangle News
२०८२ फाल्गुन १५ गते
मतदानकै दिन बेलुकादेखि मतगणना सुरु गर्ने योजना

निर्वाचन आयोगले यस पटक मतपेटिका संकलनको समय घटाउने र मतदानकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने योजना बनाएको छ ।

मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्ने गरी तयारी तीव्र पारेको उनले बताए ।

प्रवक्ता भट्टराईकाअनुसार विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका संकलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ । आयोगको योजनाअनुसार मतदान सकिएकै दिन बेलुकादेखि मतगणना शुरू गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुअघि नै मतगणना स्थल र आवश्यक व्यवस्थापन मिलाइसक्ने उनको भनाइ छ ।

धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना स्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि उनले जानकारी दिए ।