सप्तरीको राजविराज नगरपालिकामा भोली सार्वजनिक बिदा

Yangle News
Yangle News
२०८० माघ ७ गते
सप्तरीको राजविराज नगरपालिकामा भोली सार्वजनिक बिदा

 

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका दिन सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्यवाहक नगरप्रमुख इसरत परविनले सूचना निकालेर प्राण प्रतिष्ठाको दिन सोमबार राजविराज नगरपालिका मातहतको सबै निकायमा बिदा रहेको जनाएकी छन् ।

रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दु धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिका भित्रको घरघर तथा मठमन्दिरमा दीप प्रज्वलन गर्न समेत उनले आग्रह गरेकी छन् । त्यस दिन नगरपालिकाभित्र माछा, मासु, मदिरा विक्रीवितरण बन्द गर्न समेत सूचनामार्फत अपिल गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले पनि अयोध्यामा राम मन्दिरको उद्घाटन एवं प्राण प्रतिष्ठाका दिन उपमहानगरपालिका क्षेत्रभित्र माछा, मासु, मदिरा पसल बन्द गर्न आग्रह गरेको छ ।

उपमहानगरले आइतबार सूचना जारी गर्दै सनातनी हिन्दु धर्मावलम्बी तथा जगत जननी माता जानकीको जन्भूमि मिथिलावासीहरूका लागि अत्यन्तै हर्ष एवं आनन्दको क्षण भएको उल्लेख गरेको छ ।

155 views