मतपेटिका संकलन भएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

Yangle News
Yangle News
२०८२ फाल्गुन १२ गते
मतपेटिका संकलन भएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा मतपेटिका संकलन भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

मतदान सम्पन्न भएलगत्तै मतपेटिका सङ्कलन गरी गणना कार्यलाई अघि बढाउने र २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्ने योजना बनाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । समानुपातिकतर्फ एक/दुई दिन लागे पनि प्रत्यक्षतर्फको धेरै ढिला नहुने उनको भनाइ छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार चुनाव तयारी केन्द्रित आवश्यक सम्पूर्ण व्यवस्थापन सकेर आयोग पूर्ण रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । यही २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले चुनावको समयमा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने काम नगर्न आाग्रह गरेका छन् । उनले निषेधको राजनीति नगर्न राजनीतिक दलहरूलाई चेतावनीसमेत दिए ।