राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।
अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रसाईंलाई प्रहरीले सोमबार बेलुकी भक्तपुरको थिमिबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर, काठमाडौंमा ल्याएको थियो । यसअघि पनि प्रसाईं अफवाह फैलाएको कसुरमा पक्राउ परेका थिए । तर, उनी पछि हाजिर जमानतमा छुटेका थिए ।