साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालको कठिन जित

Yangle News
Yangle News
२०८२ माघ १९ गते
साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालको कठिन जित

साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले भुटानमाथि कठिन जित हासिल गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा २-१ को जित हासिल गर्दै नेपालले प्रतियोगितामा फाइनल खेल्ने सम्भावना जीवित राखेको छ ।

नेपालको जितमा सिर्जना बडुवाल र प्रजीता राईले गोल गर्दा भुटानका लागि सोनाम छोडेनले १ गोल फर्काइन् । यो नेपालका लागि प्रतियोगितामा पहिलो जीत हो । पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भएको थियो ।

यो जितसँगै नेपाल अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ । समान २ खेलबाट भारतको ३ अंक छ । गोलअन्तरमा नेपालअघि रहेको छ ।

सोमबारै भएको अर्को खेलमा भारतले साविक विजेता बंगलादेशसँग २-० ले हार व्यहोरेको थियो ।

Yangle News