एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको मूल्य

Yangle News
Yangle News
२०८२ माघ १५ गते
एकैदिन तोलामा साढे २० हजार बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनचाँदीको मूल्यले दिनहुँ नयाँ रेकर्ड राख्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँ बढेको हो ।

आज एक तोला सुनको मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै सर्वाधिक हो । हिजो बुधबार सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । आज १० ग्राम सुनको मूल्य तोलामा २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य आज पनि बढेको छ । बुधबार चाँदीको मूल्य २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम छ । मंगलबारको तुलनामा बुधबार चाँदीको प्रतितोला मूल्य ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम थियो ।