८ वटा विमानस्थल स्तरोन्नति गर्दै सरकार  

Yangle News
Yangle News
२०८० जेष्ठ १५ गते
८ वटा विमानस्थल स्तरोन्नति गर्दै सरकार  

 

सरकारले देशका विभिन्न स्थानमा रहेका ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने बताए ।

त्यस्तै रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने पनि बजेटमा उल्लेख गरिएको छ ।

दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सेवालाई सहज र सुलभ बनाउने पनि सरकारले बजेट मार्फत घोषणा गरेको छ ।

 

गौतम बुद्ध र पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत

 

सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ ।

अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाइ यी विमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिइने बजेटमा उल्लेख गरिएको छ ।

319 views