नेकपा (एमाले) आज सचिवालय बैठक बस्ने

Yangle News
Yangle News
२०७९ मंसिर २३ गते
नेकपा (एमाले) आज सचिवालय बैठक बस्ने

नेकपा (एमाले) आज सचिवालय बैठक डाकेको छ।

एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षा लगायतका विषयमा छलफल गरिने छ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ। एमालेले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।

817 views