पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर

Yangle News
Yangle News
२०८२ साउन २२ गते
पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर

पानी पार्ने जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको हो । आज कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही ठाउँहरु तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशको पहाडी भू-भागको एक/दुई ठाउँमा ठूलो पानी सम्भावना रहेको महाशाखाले जनाएको छ ।