वीरगन्जको निषेधाज्ञा हट्यो

Yangle News
Yangle News
२०८२ बैशाख ५ गते
वीरगन्जको निषेधाज्ञा हट्यो

जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगन्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगन्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै शुक्रबार बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

प्रजिअ अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गत वैशाख १ गतेदेखि लगाइएको निषेधाज्ञा हटाउने निर्णय भएको जानकारी दिए । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बुधबार दिउँसोदेखि वीरगञ्ज महानगर क्षेत्रको अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको बताए ।

शनिबार दिउँसो हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभायात्रामा दुई समुदायबीच विवाद र झडप भई स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले वीरगन्जमा शनिबार बेलुकीदेखि कर्फ्यु लगाएको थियो । त्यसपछि आइतबार राति १२ बजेदेखि कर्फ्यु हटाएर अनिश्चितकालीन निषेधाज्ञा लगाएको थियो ।

स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियो। उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फ १५ जना बढी घाइते भएका थिए ।

प्रशासन कार्यालयको सूचना:

Yangle News