ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ ।
योजना अनुसार बैंकले अटो कर्जा अन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।
पाँच वर्षसम्मको लागि ९.४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि ९.९९ प्रतिशत व्याजदर बैंकले निर्धारण गरेको छ ।
योजना अनुसार सरल र छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको खरिदको योजना बनाइरहेकाहरुका लागि लाभदायी हुने बैंको विश्वास छ । ग्लोबल आइएमई बैंकका ७७ वटै जिल्लामा शाखाहरु रहेका छन् ।