बालेन साहले दिए काठमाडौंको मेयर पदबाट राजीनामा

Yangle News
Yangle News
२०८२ माघ ४ गते
बालेन साहले दिए काठमाडौंको मेयर पदबाट राजीनामा

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

‘प्रस्तुत विषयमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानूनी व्यवस्थाबमोजिम, म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु,’ बालेनको राजीनामा पत्रमा भनिएको छ ।

उनले पदमा रहँदा इमान्दारिताका साथ काम गरेको भन्दै नगर कार्यपालिकालाई भावी कार्यकालको शुभकामना समेत दिएका छन् ।

‘यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु । अबका दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु,’ बालेनले भनेका छन् ।

Yangle News