ग्लोबल आइएमई बैंकको ग्लोबल हाट बजार ५०औं हप्तामा

Yangle News
Yangle News
२०८२ माघ २ गते
ग्लोबल आइएमई बैंकको ग्लोबल हाट बजार ५०औं हप्तामा

ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले माघ २ गते शुक्रबार ५०औं ग्लोबल हाट बजार आयोजना गरेको छ ।

५०औं संस्करण यो यात्रा आइपुगेकोमा यात्रा सुखद बनेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले बताए । यस कार्यक्रममा साथ दिनुहुने र सहभागी हुने सम्पूर्ण उद्यमीहरुलाई उनले धन्यवादसमेत दिएका छन् ।

बैंकको कमलादी कार्यालय परिसरमा आयोजना गरिएको हाट बजारमा पुर्वी नेपालदेखि पश्चिमसम्मका उद्यमीहरुले आफ्नो उत्पादन राखेका छन् । सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको बैंकले जनाएको छ ।

Yangle News