विशेष कारण भन्दै आजको प्रतिनिधिसभा बैठक स्थगित

Yangle News
Yangle News
२०८३ भदौ ९ गते
विशेष कारण भन्दै आजको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक विशेष कारण भन्दै स्थगित भएको छ ।

दिउँसो १ बजे सिंहदबारमा बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो ।

कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

बैठक भोली १ बजे बोलाईएको छ ।

Yangle News