क्यान्सरका बिरामीको उपचारमा समुदायको योगदानको अपरीहार्यता

Yangle News
Yangle News
२०७९ अशोज १२ गते
क्यान्सरका बिरामीको उपचारमा समुदायको योगदानको अपरीहार्यता

क्यान्सर एक डरलाग्दो रोगको रुपमा समाजमा देखिंदै आएको छ। यस रोग बाट ग्रसित बिरामी शरीरिक मानसिक एंवम सामाजिक आर्थिक रुपमा पनि अत्यन्तै पिडादायिक अवस्था हुन्छ । यो रोग को सामना बिरामी एक्लैले गर्न सक्दैन त्यसैले उसलाई सबैको सहयोगको आवस्यकता पर्दछ।

क्यान्सर रोग लागेको थाहा हुने बित्तिकै बिरामी स्वयम, परिवार र आफन्त को लागि ठुलै बज्रपातको रुपमा आइपर्छ्। पहिला सुरु त यो कुरा सत्य हो भनेर स्विकार गर्न नै कठीन हुन्छ। रिपोर्ट गलत होला या डाक्टरले लापर्बाहिपुर्वक भनिदिएको होला जस्तो लाग्छ। बिस्तारै जब कुरा बुझिदै जान्छ त्यसपछि के गर्ने कसरी उपचार गर्ने कहाँ लग्ने खर्च कसरी जुटाउने भन्ने मा अन्योल हुन जान्छ। यदी क्यान्सर लागेको बिरामी परिवार को मुख्य नै हो भने त झन ठुलो समस्या देखिन्छ।  व्यक्ति यस्तो अवस्थामा बिरामी र परिवारलाई ठुलो सहयोगको आवस्यकता परेको हुन सक्छ। सहयोग जुनसुकै तरिकाले दिन सकिन्छ, जस्तै आर्थिक सहयोग्, भौतिक अथवा नैतीक सहयोग।

शारिरिक् रुपमा बिभिन्न लक्ष्यणहरु देखिन सक्छ। सामान्य दुखाइ देखी अत्यन्त पिडाको अवस्था हुन सक्छ, उल्टी हुने खोकी लाग्ने, पानी रगत बग्ने समस्या हुन सक्छ यस्ता लक्ष्यणहरुको उचित उपचार् गर्नको लागि समय समय मा अस्पताल् जानु पर्ने अवस्था हुनसक्छ। रात बिरात जाडो गर्मी बर्खा बाडी जस्तो सुकै अवस्थामा पनि अस्पातल पुग्नु पर्ने हुनसक्छ। यस्तो कार्यमा अरूले सहयोग गर्न सक्छन। ऊपचार् को क्रम्मा हुन आउने जटिलताहरुले थप तनाब श्रृजना गरिरहेको हुन्छ। कहिले इमर्जेन्सीमा कुदाउनु पर्ने कहिले औषधी रगत लिन दौडनु पर्ने कैले कुरुवा बस्नु पर्ने कैले पैसाको जोहो गर्न दौडनु पर्ने आवस्यकताहरु पर्न सक्छन। क्यान्सरको उपचारमा ठुलो धन राशी खर्छ हुने हुँदा आएश्रोत कम भएका ब्यक्तिलाई गार्हो पारीरहेको अवस्था हुन्छ त्यस्तो बेला सानो आर्थिक सहयोगको पनि ठुलो महत्व हुन्छ।
कुनै बिरामीलाई शारिरिक् अवस्था ठिकै भए पनि मानसिक रुपमा धेरै तनाब ब्यहोरिरहेको अवस्था हुन्छ। रोग लागेको कुरा विश्वास गर्न कठीन भैरहेको स्थिती हुन्छ। क्यान्सर जसलाई पनि हुन सक्छ तर बिरामीले मलाई नै किन हुनुपरेको होला भन्ने कुरा धेरै सोचेर आध्यत्मिक पिडाको अनुभुती हुन सक्छ।

कोही कोही बिरामीहरुले रोगको पिडा सहन नसकी आत्महत्या गर्ने सम्म कोशीस गर्न सक्छन। त्यस्तो अवस्था मा बिरामीलाई धेरै नै हौसला को आवस्यकता पर्दछ। क्यान्सर बच्चा लाई पनि हुन सक्छ । बच्चा लाई क्यान्सर रोग भएमा झन करुणादायी स्थिती हुन जान्छ्। त्यस्तो बेला बच्चालाई र उसको अभिभावकलाई धेरै ठुलो सहयोग गरिन पर्दछ।

हरेक व्यक्तिको आफ्नो सिमितता हुन्छ। मन भए पनि एकै व्यक्तिले धेरै बिरामीलाई सेवा गर्न सक्दैन। आँफैले प्रत्यक्ष सहयोग गर्न नसकीए पनि संस्था द्धारा सहयोग गर्न सकिन्छ यस्ताकिसिमका सहयोग हरु गर्नलाई सहयोगि मनहरुको संस्था नै खडा गरी निरन्तरता दिन सकिन्छ। नेपाल अर्बुद्द रोग निवारण संस्था एउटा यस्तो संस्था हो जस्ले क्यान्सर रोगी को प्रत्यक्ष उपचारका साथसाथै सचेतना बढाउने कार्यहरुमा निकै धेरै कार्यहरु गर्दै आएको छ। क्यान्सर बिरुद्ध जनचेतना जगाउने देखी धुम्रपान सुर्तीजन्य पदार्थका बिरुद्ध बिभिन्न कृयाकलापहरु गर्दै आएरहेको छ्। उक्त संस्था द्धारा भक्तपुर क्यान्सर अस्पातल जस्ता संस्थाहरु स्थापना गरी सन्चालन र बिकास गर्दै लगेको हो।

क्यान्सर उपचारका लागि संस्थाहरु निकै कम छन, जती छन ति पनि काठमाडौंमा या केही शहरमा मात्रै छन। क्यान्सर होस्पिटल होस्पिस केयर जस्ता संस्था हरु खडा गर्न लगानी गरी निजी संस्थाका रुपमा सन्चालन गर्दा पनि बिरामीले सेवा पाउन सहयोग पुग्दछ।
लायन्स रोटरी जेसिस जस्ता संस्थाहरुबाट पनि सचेतना मुलक कृयाकलाप हरु गर्न सकिन्छ। क्यान्सरका क्षेत्रमा धेरै अभाव भैरहेको अवस्था छ्, स्वास्थ्य क्षेत्रमा कार्य गर्न खोजी रहेका युवाहरुलाई यस क्षेत्रमा लाग्न प्रेरित गर्न सकिन्छ।

क्यान्सर रोग लागेर पनि उपचार गरी निको भईसकेर जितिसके ब्यक्ति हरु मिलेर अरु क्यान्सर रोगी को सहयोग को लागि खोलिएका संस्था हरु बाट पनि बिभिन्न कृयाकलाप हरु गर्दै आएका छन। यस्ता संस्था हरुमा आबद्ध भई बिभिन्न क्रृयाकलापमा भाग लिन सकिन्छ। हामी सबै मिली क्यान्सर रोगीको सेवा गर्ने र क्यान्सर रोगका विरुद्ध लाग्नु पर्ने आजको आवश्यकता हो।