ग्लोबल आइएमई बैंकलाई ओपेक फण्डको तीन अर्ब ३४ करोड ऋण !

Yangle News
Yangle News
२०८१ असार १३ गते
ग्लोबल आइएमई बैंकलाई ओपेक फण्डको तीन अर्ब ३४ करोड ऋण !

ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर (३,३४,६१,४७,५०० रुपैयाँ) ऋण प्रदान गर्ने भएको छ ।

दुई पक्षबीच भएको सम्झौतामा लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्वारा सञ्चालित व्यवसायको क्षमता अभिवृद्धि गर्न सो रकम परिचालन गर्ने उल्लेख छ ।

ओपेक फण्डले बैंकिङ्ग, ऊर्जा, कृषि, यातायात र शिक्षा लगायत विभिन्न क्षेत्रहरुमा वित्तीय सहयोगको प्रतिबद्धता गरेको छ ।