बाढीले खाँदबारी-किमाथांका सडकमा क्षति, पाँचवटा काठपुल बगायो

Yangle News
Yangle News
२०८२ जेष्ठ २२ गते
बाढीले खाँदबारी-किमाथांका सडकमा क्षति, पाँचवटा काठपुल बगायो

संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा बाढीले पाँचवटा काठेपुल बगाएको छ । बुधबार (जेठ २१)को बाढीले भोटखोला-१ र २ र १ र ३ जोड्ने धुङगोपा खोलाका दुई काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेतले बताए ।

बाढीले भोटखोला-१ र ३ जोड्ने घङजुङमा खोलाको काठेपुल पनि बगाएको छ । भोटखोला-१ र ३ जोड्ने छोकाङ खोला र भोटखोला-१ र ३ जोड्ने माप्च्या खोलाको पुल पनि बगाएको छ । यसैबीच, केही दिनअघिको बाढीले भोटखोला गाउँपालिका-३ मा निर्मित दुई साना जलविद्युत् आयोजना बगाउँदा २५० घर विद्युत्‌विहीन भएका छन् ।

बाढीले कोसी राजमार्गअन्तर्गत खाँदबारी-किमाथांका सडकखण्डको हटिया र हुङहुङ सडक बगाएको छ । बाढीका कारण खाँदबारी-किमाथांका सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ ।