राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)बीच पार्टी एकता गर्ने सहमति भएको छ ।
बुधवार साँझ राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा दुई नेताबीच पार्टी एकता गर्ने सहमति भएको हो । सहमतिले राजावादी तथा राष्ट्रवादी शक्तिहरूबीचको विभाजन अन्त्य गरी एकीकृत रूपमा अघि बढ्ने बाटो खोलेको छ ।
सहमतिपत्रमा थापा र लिङदेन दुवैले हस्ताक्षर गरेका छन् । एकता घोषणासभा पुस १६ गते राष्ट्रिय सभागृहमा हुने जनाइएको छ । सहमतिपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले जेनजी युवाहरूको आन्दोलनले नेपालको समग्र राजनीतिमा तरंग पैदा गरेको बताए ।
उनले राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनु महत्वपूर्ण रहेको र आवश्यकता रहेको पनि बताए । जेनजी आन्दोलनले भ्रष्टाचारको अन्त्य गर्नुपर्ने र सुशासन दिनुपर्ने माग राखेको उनले बताए । भ्रष्टाचारको अन्त्य र सुशासन राष्ट्रवादी शक्तिले मात्रै पूरा गर्ने उनले बताए । उनले राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा आउन आह्वानसमेत गरे ।
२०७८ मंसिरमा राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल ब्यूँताएका थिए ।
सहमतिपत्र :